काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय बेटी’ हुन् भन्ने वाक्यांश नहटाए महानगरभित्र हिन्दी फिल्म प्रदर्शन गर्न अनुमति नदिने सामाजिक संजाल मार्फत बताएका छन् ।
फेसबुकमा स्टाटस लेख्दै उनले नेपालमा मात्र नभएर भारतमा पनि नसच्चिए फिल्मलाई महानगरमा प्रदर्शन अनुमति नदिने उल्लेख गरेका हुन् ।
उनले यो सच्याउन तीन दिनको समय दिएको उल्लेख गरेका छन् ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादमा आपत्ति जनाउँदै नेपालको सेन्सर बोर्डले पनि फिल्मलाई जाँचपासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ ।

