कार्कीविरुद्ध परेका उजुरी र कार्ययोजनाका विषयमा प्रश्न सोध्ने क्रम जारी

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रश्नोत्तर सुरु भएको छ । प्रश्न सोध्ने क्रम सकिएपछि कार्कीले जवाफ दिनेछन् ।

समितिमा कार्कीविरुद्ध परेका उजुरी र उनले बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा प्रश्न सोध्ने क्रम जारी छ ।

संसदीय समितिले उनको नाम अनुमोदन गरे हाल कायम मुकायम प्रधानन्यायाधीश रहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन् ।

संवैधानिक परिषदबाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->