काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सांसदहरूले प्रश्नै प्रश्न सोझ्याएका छन् ।
शुक्रबार सिंहदरबारस्थित सुनुवाइ समितिको हलमा बिहान ८ बजेदेखि भइरहेको सुनुवाइ समितिको बैठकमा सांसदहरूले कार्कीमाथि न्यायिक सुधारका विषय तथा उनका व्यक्तिगत काम कारवाहीका बारेमा प्रश्न गरिरहेका छन् ।
अदालतमा गएर इतिहास रच्छु भन्ने तपाईँको के योजना छ ?
देवेन्द्र दाहाल :
बिचौलिया नियन्त्रणका लागि छुट्टै कानुन बनाउन पहल गर्ने बताउनुभएको छ, छोटो अवधिमा कसरी काम गर्न सक्नुहुन्छ ?
ललितपुरको गोदावरीमा जग्गा हडपेको आरोप छ रु भवन विभागले बनाउनुपर्ने भवन सर्वोच्च आफैले निर्माण गरेर आर्थिक चलखेल गरेको आरोप छ, बिचौलियामार्फत घुस खाएको आरोप छ । बैंकिग कसुरमा परेका व्यक्तिबाट पैसा खाएको, हेर्न नमिल्ने मुद्दा आफ्नै इजलासमा ल्याएको भन्ने आरोप छ ।
