नागरिक उड्डयन प्राधिकरणले सोध्यो मेयर बालेन्द्र साहलाई स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई नेपाल नागरिक उड्डयन प्राधिकरणले  स्पष्टीकरण सोधेको छ ।

उड्डयन प्राधिकरणले विमानस्थलको निषेधित क्षेत्रभित्र निर्माणाधीन भवनको निर्माण रोक्न निर्देशन दिएकोबारे स्पष्टीकरण माग गरेको हो ।

प्राधिकरणले काठमाडौं–९ मा रहेको आफ्नो जग्गामा बनाइरहेको कम्प्लेक्सको नक्सा पास नभएको भन्दै बिहीबार काठमाडौं महानगरको नगर प्रहरीको टोलीले निर्माण रोकेको थियो ।

महानगरको टोललीले प्राधिरकणले भवन बानाइरहेको क्षेत्रमा लगाएको तारबार हटाएको थियो ।

प्राधिकरणले निर्माण रोक्नुअघि महानगरले कुनै जानकारीसमेत नदिएको र कर्मचारीले काम नरोक्न आग्रह गर्दा लिखित पत्र र आधिकारिक जानकारी माग गर्दा नगर प्रमुखको आदेश बमोजिमको काम भएर त्यहीँ गएर बुझ्न भनिएको स्पष्टीकरण पत्रमा उल्लेख छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->