ललितपुरमा २४ जना सवार बस दुर्घटना

काठमाडौं । ललितपुरमा बस दुर्घटना भएको छ ।  बिहान लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका १ बाहुनधारामा दुर्घटना भएको हो ।

अनियन्त्रित भई बस सडकमै पल्टिंदा चालकसहित केही व्यक्ति घाइते भएको इमाडोल प्रहरी प्रभागले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बसमा २४ जना सवार थिए ।  घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पतालमा पुर्‍याइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->