प्रधानमन्त्री प्रचण्ड: बजेटसँग सम्बन्धित बिषयहरूलाई प्राथमिकतामा राखिने छ ´

मेलम्ची । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।

हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुगेर मेलम्ची आयोजनाको स्थलगत निरीक्षण गर्दै आयोजनाका कर्मचारीहरुसँग जानकारी  लिएका हुन्।
निरीक्षण भ्रमणका क्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाबारे  व्याख्या गरेका थिए।
सोक्रममा उनले आयोजनाले भोग्नुपरेका समस्या र बाँकी कामबारे जानकारी गराए । साथै,  मेलम्चीमा आएको बाढीले आसपासका ४०० घरपरिवार नष्ट भएको र ती क्षेत्रका जनताको भोग्गुपरिरहेको समस्याका बारेमा अभिरुचिपूर्वक चासो लिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले भने, `कहाँ के गर्नुपर्छ भन्ने एउटा चित्र आएको छ । बजेटसँग सम्बन्धित बिषयहरूलाई प्राथमिकतामा राखिने छ ।´

प्रधानमन्त्रीले आफू बाटोमा आउँदा देखेको सडकको दुरावस्था कलाई गम्भीरतापूर्वक लिएको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->