केपी शर्मा ओली :७० वर्ष पूरा भएकाहरु पार्टी कमिटीमा बस्न नपाउने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेर हद उपयोगी नभएको बताएका छन् ।

७० वर्ष पुगेकै आधारमा पार्टीमा काम गर्न नपाउने र पार्टी छोड्नुपर्ने अवस्था उपयुक्त नभएकाले हटाएको उनले प्रष्टीकरण दिए ।

अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा गरेको कार्यक्रममा ओलीले चीन र साइप्रसमा पनि विगतमा उमेर हद राखेको र पछि हटाएको बताए ।

ओलीले यो निर्णयको विरोध गर्नुभन्दा ७० वर्ष पुगेकाहरुलाई पराजित गरेर अघि बढ्न युवाहरुलाई चुनौती दिए ।

नेकपा एमालेले २०६५ सालमा ७० वर्ष पूरा भएकाहरुले पार्टी कमिटीमा बस्न नपाउने निर्णय गरेको थियो । तर १९ जेठमा बसेको एमाले सचिवालय बैठकले उक्त व्यवस्था निलम्बन गरेको थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->