काठमाडौं । संखुवासभा स्थित हेवा खोलामा आएको बाढीमा परेर १६ जना बेपत्ता भएका छन् ।
चैनपुर नगरपालिका(४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनाका १६ जना कामदार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।
निर्माणाधीन सुपर हेवा हाइड्रोमा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको र तीनको उद्धार गरिएको डीएसपी गोदारले बताए ।
‘निर्माणाधीन हाइड्रोमा १९ जना कार्यरत थिए, १६ जना बेपत्ता भएका छन् । तीन जनाको उद्धार भएको छ,’ डीएसपी गोदारले भने, ‘अरुको अवस्था थाहा हुनसकेको छैन ।’
उद्धार गरिएका तीन जनालाई उपचारका लागि चैनपुर लगिएको छ ।
बाढीको क्षतीको थप विवरण आउन बाँकी छ ।
