जिम्बाव्वे विरुद्ध भइरहेको खेलमा १ रनले चुके कुशल भुर्तेल

काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बाव्वे विरुद्ध भइरहेको खेलमा कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् ।

जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरे ।

९५ बल खेलेका उनले १३ चौका र २ छक्का हाने ।

पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको साझेदारी । यो साझेदारी ओडीआई क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो ।

यसअघि २०२३ फेब्रुअरीमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले नामिबिया विरुद्ध लिग टु मा कीर्तिपुरमा दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->