काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासलस्थित पार्टी कार्यालयमा वामदेव गौतमले एक घन्टा लामो भेट गरेका छन् । ओलीसँग भेटेपछि गौतमले पार्टीमा सलाम गर्न, सलाम खाएर बस्न आउने होइन, खटेर काम गर्न आउने बाताए ।
साथै ओलीले गौतमलाई पार्टीमा सक्रिय भएर लाग्न आग्रह गरेका छन् । आफ्नो जिम्मेवारी के हुने भन्ने प्रष्ट खुलेको उनले बताए ।
