बाढी र पहिरोका कारण कोशी प्रदेशमा चार जनाको मृत्यु, २८ जना बेपत्ता

काठमाडौँ। निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशमा ४ जनाको मृत्यु भएको २८ जना बेपत्ता भएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो विवरण अनुसार पहिरोमा परी ताप्लेजुङमा दुई जना र बाढीले बगाएर संखुवासभा र भोजपुरमा दुई जनाको मृत्यु भएको हो । बाढी र पहिरोमा परी २८ जना अझै बेपत्ता छन् ।

पाँचथरमा ५, ताप्लेजुङमा ३, भोजपुरमा २ जना बेत्तपा भएका बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रदेश प्रहरीले जानाएको छ । प्रदेश प्रहरीका अनुसार पाँचथरमा १२ वटा पुलमा क्षति पुगेको छ। मेची राजमार्ग अवरुद्ध भएको छ । बाढी र पहिरोले २२ वटा घर भत्काएको छ ।

संखुवासभाको चैनपुर नगरपालिका ४ मा हेवा खोलामा निर्माणधिन सुपर हेँवा हाइड्रोमा बाढी पस्दा हाइड्रोका १८ जना कामदार बेपत्ता भएका छन्। तीन जना घाइते कामदारको उद्दार भएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->