काठमाडौं । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमाजारी काभा पुरुष भलिबल नेसन्स लिगमा इरानसँग पराजित भएको छ । यो सँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको हो । नेपाल बलियो इरानसँग १६–२५, २२–२५, २२–२५ को सोझो सेटमा पराजित भएको हो ।
नेपाल यसअघि मंगोलिया र घरेलु टोली किर्गिस्तानसँग समान ३–१ को सेटमा पराजित भएको थियो ।
नेपालले बिहीबार तुर्केमिनिस्तान, शुक्रबार किर्गिस्तानको अर्काे टोली र आइतबार उज्वेकिस्तानसँग अन्तिम खेल खेल्नेछ ।
