महेश बर्तौला : एक हप्ताभित्रमा सरकार ढल्न सक्ने

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले आफूहरुले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने दाबी गरेका छन् ।

बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले सरकारको आयु प्रत्येक दिनका लागि भएको बताए ।

माओवादी केन्द्रसहितका चार दलले बनाएको समाजवादी मोर्चाबारे सोधिएको प्रश्नमा उनले भने, ‘यदि नेकपा एमालेले प्रयत्न गर्ने हो भने एक हप्ता भित्रमा यो सरकारलाई ढाल्न सक्छौं । यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि हो ।’

यद्यपि आफूहरु सरकार ढाल्न नलाग्ने, बरु गठबन्धनभित्रकै असमझदारी र अविश्वासले ढल्ने उनले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->