लहान । लघुवित्त पीडितहरुले सिरहाको लहानमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । मधेश प्रदेश बन्द गर्ने घोषणा गरेका उनीहरुले ‘लघुवित्त संस्था खारेज गर’, ‘लघुवित्त पीडितहरुको ऋण मिनाहा गर’ लगायतका नारा लगाएका छन् ।
लहानको पुलमाथि बसेर उनीहरुले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।
लघुवित्तका कर्मचारीहरुले मानसिक तनावसमेत दिने गरेकाले विरोध प्रदर्शन गरेको प्रदर्शनमा सहभागीहरुको भनाई छ
