जसपा नेपालले थप १८ जनालाई विधान अधिवेशन प्रतिनिधि चयन

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले थप १८ जनालाई विधान अधिवेशन प्रतिनिधि चयन गरेको छ । जसपाको विधान अधिवेशन असार १० गतेदेखि हुँदैछ ।

बिहीबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले संघ तथा प्रदेशमा सांसद रहेको तर केन्द्रीय समितिमा नरहेकोलाई प्रतिनिधिमा चयन गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।

संघ तथा प्रदेशमा त्यस्ता सांसद आठ जना रहेका छन् । त्यस्तै, पार्टीको साधारण सदस्य तथा अन्य भातृ संगठनमा रहेकामध्ये १० जनालाई समेत प्रतिनिधिमा चयन गरेको छ ।

विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते विभिन्न ग्रुप बनाएर छलफल गर्ने र १२ गते विधानमाथि नेताहरुले धारणा राख्ने छन् ।अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->