गोरखा जिप दुर्घटना: पाँच जनाको मृत्यु, १२ जना घाइते

गोरखा । गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकहरुमध्ये चार जना एउटै वडाका छन् ।

डिएसपी लिलाराज लामिछानेका अनुसार शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापाको दुर्घटनामा मृत्यु भएको छ । यसैगरी शहीद लखन गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ ।

शहीद लखन गाउँपालिका वडा नम्वर ३ कोटगाउँबाट जन्ती लिएर पोखरीडाँडा जाँदै गरेका तीनवटा गाडीहरुमध्ये प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप पातलेखोला भन्ने स्थानमा आज बिहान करिब २ बजेतिर दुर्घटना भएको थियो । उक्त जिप घुम्ती सडकबाट अन्दाजी २५० मिटर तल भीरमा खसेको छ ।

जिपमा १९ जना सवार थिए । दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना सकुशल छन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->