म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् ।
अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए ।
गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए ।
११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
