गगन थापा: ‘हामीले लय पक्रिन नसक्दा सिंगो समाज प्रभावित भएको छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसले अलमलिंदा समाज प्रभावित भएको बताएका छन् ।

अरुको पार्टीले लय बिगार्दा कार्यकर्ता मात्रै निराश हुने भए पनि कांग्रेस बिग्रिंदा समाजमा नै निराशा छाउने उनले बताए । नेपाली समाजको निराशाको कारण पनि यही भएको बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, ‘हामी अलमलिंदा, हामीले लय पक्रिन नसक्दा सिंगो समाज प्रभावित भएको छ ।’ कमजोरीलाई सच्याउने र ठीकलाई ठीक भन्न सक्नु पर्ने बताउँदै उनले पार्टीको केन्द्रीय समिति बैठक पनि बस्न नसकेको प्रति असन्तुष्टि जनाए ।

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->