कमजोर प्रदर्शनसँगै नेपाल नेदरल्याण्ड्स सँग ७ विकेटले पराजित

काठमाडौं । ब्याटिङ र बलिङ दुबैमा कमजोर प्रदर्शनसँगै नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ र, विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ ।

जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने थियो । तर हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गर्‍यो ।

टिमको स्कोर ७ रन हुँदा ओपनर आशिफ शेखलाई शुन्यमै गुमाएको नेपालका लागि कुशल भुर्तेल र भीम सार्कीले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौं बलमा भुर्तेल आउट भएपछि नेपालले निरन्तर विकेट गुमायो । नेपालको स्कोर ९५ रन हुँदा महत्वपूर्ण ५ विकेट गुमिसकेको थियो ।

त्यो बेलामा पनि दुई भरपर्दा ब्याट्सम्यान कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरी क्रिजमा थिए । उनीहरुले पनि नेपालको पारी सम्हाल्न सकेनन् । रोहित ३१.५ र ऐरी ३३.५ ओभरमा आउट भए । गुल्सन झा र करण केसीले पनि टिकेर खेल्न सकेनन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->