आज  बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिदैँ

काठमाडौँ । आज विनियोजन विधेक (बजेट)माथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने भएका छन् ।

प्रतिनिधि सभा बैठकमा  आज बिहान १० बजेदेखि सुरु हुने भनिएको छ।   बैठक मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ ।

यसैगरी आजकै बैठकमा उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे पनि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->