सरकारले ३ अर्ब ९१ करोड आन्तरिक ऋण उठाउने

काठमाडौं । नेपाल सरकारले ३ अर्ब ९१ करोड आन्तरिक ऋण उठाउने भएको छ ।

सोमबार ९१ दिन अवधिको ट्रेजरी बिल बोलकबोल मार्फत उक्त आन्तरिक ऋण परिचालन हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै सोमबार नै सरकारको २० अर्ब ५० करोड २५ लाख रुपैयाँको विभिन्न अवधिको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

२८ दिन अवधिको ४ अर्बको, ९१ दिन अवधिको ६ अर्ब ५० करोड २५ लाख, १८२ दिन अवधिको ५ अर्ब र ३६४ दिन अवधिको ५ अर्बको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->