काठमाडौं । मैतीदेवीमा सञ्चालित एफडीएच क्लिनिक काठमाडौं महानगरपालिकाले बन्द गराएको छ ।
मापदण्ड विपरीत क्लिनिक सञ्चालनमा भइरहेको पाइएपछि बन्द गराएको महानगरपालिकाको स्वास्थ्य सेवा प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार आज दिउँसो ४ बजे एफडीएच बन्द गराएको हो ।
एफडीएच ९फुड, डाइबिटिज, हार्ट नाममा सञ्चालन गरिएको यस क्लिनिकले खासगरी मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आइरहेको थियो ।
