काठमाडौं । न्यायाधीश नियुक्तिका लागि बसेको न्यायपरिषदको बैठक कुनै निर्णय नगरी सकिएको छ ।
सोमबार बोलाइएको परिषदको बैठकमा न्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय नभएको परिषदका सहसचिव मानबहादुर कार्कीले बताए ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफ्नो कार्यकालमा सर्वोच्चदेखि उच्च अदालतका रिक्त न्यायाधीशको नाम सिफारिस गर्न खोजेका छन् ।
सोमबार छलफल भएपछि कसरी, के आधारमा र कस्ता व्यक्ति सिफारिस गर्ने भन्नेबारे छलफल भएपनि निर्णय नभएको परिषदाक एक सदस्यले बताए । अहिले सर्वोच्च अदालतमा ६, उच्च अदालतमा ६ मुख्य न्यायाधीश र ४१ न्यायाधीश पद रिक्त छन् ।
