डा. शशांक कोइराला: कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको छु

काठमाडौँ ।  कांग्रेस सांसद डा. शशांक कोइरालाले कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भए पनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताएका छन् ।
सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताए । पार्टी सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने पनि उनको भनाइ छ ।
१५औं महाधिवेशनपछि मात्रै कांग्रेसबाट सरकारको नेतृत्व कसले गर्ने भन्नेकुराको टुंगो लाग्ने उनको भनाइ छ । १५औं महाधिवेशनपछि आफू कांग्रेस सभापति बन्ने सम्भावना बलियो रहेको पनि नेता कोइरालाले बताए ।

‘सम्भवतः नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भन्नेकुरा सुनेको छु, तर पार्टी सभापतिसँग कुरा भएको छैन, भेटेर कुरा गरेपछि थाहा हुन्छ । हाम्रो पार्टी सभापति उहाँ नै हो, हामीले यसमा केही भन्नुपर्ने कुरा छैन । १५ औं महाधिवेशनपछि मात्रै कांग्रेसबाट कसले सरकारको नेतृत्व गर्ने भन्नेकुरा आउँछ । त्योभन्दा अघि देउवाबाहेक अरु सम्भव लाग्दैन । १५ औं महाधिवेशनपछि मलाई सम्भावना छ पार्टी सभापतिमा देख्ने । एकदम सम्भावना छ । कार्यकर्ताले के भन्छन् त्यसपछि कुरा आउँछ ।’

सांसद कोइरालाले सभापतिमा आफू उठ्नुपूर्व पार्टी कार्यकर्ताहरूको आग्रहलाई सुन्ने बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->