काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले विधान अधिवेशनमा आएका सुझावहरुलाई समेटेर विधानको अन्तिम मस्यौदा तयार पार्न समिति बनाएको छ ।
३ दिनसम्म चलेको अधिवेशनमा धेरैले पार्टीमा ७० वर्ष उमेर हद नराख्न सुझाव दिएका थिए ।
आएका सुझावहरुलाई समेटेर विधानको अन्तिम मस्यौदा तयार पार्न ६ सदस्यीय विधान मस्यौदा प्रमाणीकरण समिति बनेको छ, जसमा अध्यक्ष उपेन्द्र यादव, नेताहरु राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र दीपेद्र झा छन् ।
तस्वीर :अनलाईन खवर
