प्रधानमन्त्री नै संसदीय दलको बैठकमा पुगेका थिए जसपालाई फकाउन

काठमाडौं । प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट बहुमतले पास गर्‍यो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मत विभाजन मागेपछि भएको मतदानमा बजेटको पक्षमा १४७ मत खसेको छ । बजेटलाई लिएर सत्तारुढ गठबन्धनमा आवद्ध एकीकृत समाजवादी, जनता समाजवादी र जनमत पार्टीका सांसदहरु असन्तुष्ट थिए ।

प्रतिनिधिसभाका कुल २७५ सदस्य दुई निलम्बितसहित) मध्ये २५५ मतदानमा सहभागी भएका थिए । उनीहरुमध्ये १०८ जनाले विपक्षमा मत दिएका छन् । कांग्रेस र माओवादीले सांसदहरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गर्दा पनि सत्ता गठबन्धनकै अरु दलले निर्णय गरेका थिएनन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->