काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास क्रमश घट्दै गएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा मतदानमार्फत् बजेट पारित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा आइपुगेको बताएका हुन् । २७५ मध्ये २५५ जना मत विभाजनमा सहभागी हुँदा विधेयक पारितको पक्षमा १४७ मत खसेको थियो ।
बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयक मत विभाजनबाट पारित गरिएको थियो ।
बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयक मत विभाजनबाट पारित गरिएको थियो ।
एमालेसँग मिलेर सरकार बनाएका बेला प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदा २६८ सांसदले पक्षमा मतदान गरेका थिए ।
