मुख्यमन्त्री कुर्दै विपक्षी दलहरु,बैठक अनिश्चित

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान गर्नुअघि रोकिएको कोशी प्रदेशसभाको बैठक  हुन सकेको छैन ।अपरान्ह करिब ५ बजे स्थगित गरिएको बैठक साढे दुई घण्टा भन्दा बढी समयसम्म बस्न नसकेको हो । प्रदेशसभा सचिवालयले साढे ७ बजे सूचना निकालेर बैठक ८ बजेसम्मका लागि सारिएको बताएको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राखेर त्यसमाथि सबै राजनीतिक दलका प्रतिनिधिले धारणा राखेपछि बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका प्रदेशसभाका विपक्षी दलका प्रदेशसभा सदस्यहरु बैठककक्ष वरपर नै छन् । तर मुख्यमन्त्री, मन्त्रीहरु र एमालेका प्रदेशसभा सदस्यहरु बैठककक्ष वरपर छैनन् । एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बिहीबार बैठक बस्न सम्भव नभएको बताए । उनले सभामुखलाई बैठक भोलिसम्म सार्न आग्रह गरिएको पनि बताए ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->