चित्रबहादुर केसी:सहकारीकाे नाममा नेपाली जनता धेरै ठगिएका छन्

काठमाडौ । माइतीघर मण्डलामा सहकारी पिडितहरू ४ सातादेखि आन्दोलनमा बसेपछि नेताहरूको ध्यानाकर्षण हुन थालेको छ ।हजारौं सहकारी सदस्यहरूलाइ ठगेर सहकारी संचालक भागेकाे भन्दै पिडित सहकारी सदस्य धर्नामा बसेपछि देशका चर्चित नेता चित्रबहादुर केसी रवि लामिछाने समेत धर्ना स्थलमा पुग्न थालेका छन् । सहकारीको नाममा नेपाली जनता धेरै ठगिएका छन् सहकारीको रकम हिनामिना गरेर संचालक भागेको पुर्व सहकारी तथा गरिबी निवारण उपप्रधानमन्त्री वर्तमान सांसद चित्रबहादुर केसीले बताए ।

४ हप्ता देखि काठमाडौंकाे माइतीघर मण्डलामा धर्ना बसिरहेका देशभरका सहकारी पिडितहरूले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका पुर्व उपप्रधानमन्त्री मन्त्री केसीले ०७३ सालमा आफु सहकारी मन्त्री हुदा यसको कथा ब्यथा सबै बुझेकाे बताए । सहकारी ठग्नेहरूलाइ सरकारले छाेड्नु मिल्दैन जनताको पैसाले हेलिकप्टर चढ्न ठगहरूकाे असली रूप देखिएको देशभर धेरै जनता पिडित भएको हुदा आफू तपाईंहरूकाे पक्षमा भएको केसीले बताए ।

सहकारी संचालकहरू सांसद कतिपय ठाउँमा मन्त्री समेत भएको जनतालाई बढी ब्याज दिने लाेप देखाएर जनता ठग्ने काम गरेको यस्ता ठगहरूलाइ राज्यको संरक्षण गरेको कारणले अहिले समस्या आएको सरकारले चाहेको खण्डमा सहकारी पिडितकाे माग पूरा हुने केसीले बताए।संसदमा आफुले सहकारी पिडितकाे पक्षमा आवाज उठाएकाे बागलुङका हजारौं जनताको अरवाै रकम ठगेर हिड्ने ब्यक्ति लाई प्रहरी प्रशासनले संरक्षण गरेको कारण उ भाग्न सफल भएको केसीले बताए ।

सहकारी पिडितहरूले माइतीघर मण्डलामा आन्दोलन गरेको २७ दिन भैसकेको यतिबेला आन्दोलनलाई राष्ट्रिय जनमाेर्चाका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी ,रास्वपाका अध्यक्ष रवि लामिछानेकाे समेत सहयोग र समर्थन भएको सहकारी पिडित महासंघका संयाेजक हरिचन्द्र श्रेष्ठले बताए ।

जनताले दुख सुख गरेर जम्मा गरेको पैसा आज सहकारीका ठगहरूले फिर्ता नगर्दा घर घरमा समस्या सृजना भएको हुदा सरकारले तुरुन्त सहकारीका ठगलाइ पक्राउ गरेर जनताको पैसा फिर्ता गराउने पहल गर्नु पर्ने पिडितकाे भनाइ छ ।
काठमाडौंकाे आ‌ेरेन्टेल सहकारी ,कान्तिपुर सहकारी ,देउराली सहकारी ,खुशी सहकारी ,इमेज बतत तथा ऋण सहकारी ,शिवशिखर सहकारी लगायतका ३ दर्जनभन्दा बढी सहकारी पिडितहरू जेठ २० गतेदेखि माइतीघर मण्डलामा बसेर आन्दोलन गरिरहेका छन् ।

जनतालाई झुठो आश्वासन देखाएर सहकारी सदस्यले जम्मा गरेको बचत रकम अबचलन गरेर रातारात कराेडपति बनेका सहकारी संचालक लाई सहकारी अनुगमन नियमन गर्ने निकायले समयमै कार्वाही नगर्दा आज सहकारी प्रति जनताको बिश्वास धरमराएकाे छ ।

ललिता निवास ,भुटानी शरणार्थी काण्डमा जस्तै सहकारी डुबाएर जनताको घर बार डुवाउने ठगहरूलाइ कार्वाही सरकारले गर्नुपर्ने माग पिडितहरूले गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->