कीर्तिपुर ६ टौदहमा विवेकशील साझा पार्टी कृषि विभाग र कीर्तिपुर नगर कमिटिको सयुक्त आयोजनामा किसानसंग अन्तरक्रिया र रोपाइँ कार्यक्रम भब्यताकासाथ सम्पन्न भएको छ।
विवेकशील साझा पार्टिका केन्द्रीय सदस्य तथा कृषि बिभाग प्रमुख धनेज थापाले धान दिवसको अवसरमा परमपरागत खेति प्रणालिलाई परिवरन गरि कृषिलाई आधुनिकिकरण यान्त्रिकरण गर्नपर्ने तथा प्रबिधि हस्तान्तरणको लागि कृषि प्रसारमा निजि क्षेत्रलाई प्रोत्साहित गर्नपर्ने बताए ।
किसानहरुको अन्तरक्रियामा उल्लेख उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै किसान हरुले बीउ,सिचाई,मल उचित समयमा दिन सरकार समक्ष अनुरोध पनि गरे।
उत्पादनको बजार मूल्य नपाउने र उत्पादन गरिएका तरकारीको समयमा बिक्रि गर्न नपाउदा खेर गएकाले उत्पादित तरकारि को उचित बजार र मूल्य कायम गरिदिन सरकार समय आग्रह समेत गरे।
किसानले असारलाई मानो रोपेर मुरी उब्जाउने महिनाका रूपमा लिने गर्छन् । यही महिनामा रोपिने धान फलाएर वर्षभरि खाने अन्नको जोहो हुन्छ । कृषिप्रधान देश भएकै कारण यहाँ कृषि कर्मलाई उच्च महत्व दिने गरिएको छ ।
विशेषगरी असार १५ लाई नेपाली जनजीवनको अभिन्न तथा महत्वपूर्ण दिनका रूपमा पनि लिइन्छ । सामाजिक, आर्थिक तथा सांस्कृतिक तवरले पनि धान खेतीको नेपाली जनजीवनसँग निकटको सम्बन्ध रहिआएको छ ।
यसैले पनि यस दिनलाई नेपालमा राष्ट्रिय धान दिवसका रूपमा झन्डै दुई दशक अघिदेखि आधिकारिक रूपमा मान्यता दिइएको हो । कृषिप्रधान देश नेपालका लागि यसदिनले सर्वाधिक महत्व राखेको पाइन्छ । प्रत्येक वर्ष आउने आजकै दिनलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउदै आईएको छ ।
