काठमाडौं । भक्तपुर स्थित ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
सूर्यविनायक नगरपालिका ९ पलासेका ३३ वर्षीय रामकुमार सार्कीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए ।
उनको उपचारका क्रममा आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो ।
