आजदेखि बालुवा गिट्टीको बिक्रीमा रोक

पोखरा । क्रसर व्यवसायीले आफूहरुको व्यवसाय नवीकरण हुनुपर्ने माग राखेर शनिबारदेखि नदीजन्य पदार्थको आपूर्ति ठप्प पारेका छन् । उनीहरुले सरकारले तोकेको मापदण्ड पूरा गर्न नसकिने, तर आफूहरुको व्यवसाय नवीकरण हुनुपर्ने माग गरेका छन् ।गण्डकी क्रसर उद्योग व्यवसायी संघले शनिबार पत्रकार सम्मेलन गरी कि सबै क्रसर व्यवसाय अवैध घोषणा गर्नुपर्ने नभए उद्योग सञ्चालनका लागि क्षेत्र तोकिदिन माग गरेका छन् ।

नेपाल क्रसर तथा खानी उद्योग महासङ्घका अध्यक्ष सिताराम न्यौपानेले सरकारले आफूहरु विरुद्ध गरेको ज्यादतीको विरोधमा सम्पूर्ण बिक्री रोकेको जानकारी दिए । उनले भने, ‘पूर्व गृहमन्त्रीको निर्देशनमा २०७९ पुस २० गतेदेखि सम्पूर्ण क्रसर उद्योग बन्द गर्ने निर्णय भएको थियो ।’

मन्त्रालयको उक्त निर्णयपछि व्यवसायीसँगको छलफलका क्रममा सोही वर्षको फागुन १५ गते बसेको बैठकले एउटा मापदण्ड बनाएर अघि बढ्ने सहमति बनेको थियो । तर, सोअनुसार सरकारले मापदण्ड बनाउन नसकेपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिएको न्यौपानेको भनाई छ । सरकारले विभेदपूर्ण व्यवहार गर्दै २०७२ सालदेखि देशभरका क्रसर उद्योग नवीकरण गर्न समेत नपाएको व्यवसायीको गुनासो छ । अध्यक्ष न्यौपानेका अनुसार आफूहरूले राज्यलाई कर तिर्न नवीकरणको माग गर्दा समेत बेवास्ता भएको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->