बुटवल । सामाजिक क्षेत्रमा क्रियासिल रोटरी क्लव बुटवलले बुटवलमा पहिलोपल्ट ‘रक्त संकलन मोवाइल एम्बुलेन्स’संचालनमा ल्याइएको छ । यो एम्बुलेन्स भित्रै बसेर ५ जना सम्मले रक्तदान गर्न सकिन्छ । रोटरी क्लव अफ बुटवलले ल्याएको यो एम्बुलेन्स नेपाल रेडक्रश सोसाईटी रुपन्देहीलाई हस्तान्तरण गरिएको छ ।

रोटरी क्लव अफ बुटवलको सिङ्नेचर प्रोजेक्टका रुपमा रहेको यो एम्बुलेन्स ७० लाखको लागतमा भित्र्याइएको क्लवका अध्यक्ष बोनिन पियाले जानकारी दिए ।
एम्बुलेन्स खरीदका लागि केही रकम नेपाल रेडक्रस रूपन्देही शाखाले पनि साझेदारी गरेको छ । एम्बुलेन्समा बसेर एकै पटकमा ५ जनाले रक्तदान गर्न सकिने यो एम्बुलेन्स यो क्षेत्रको लागि नौलो हो । अध्यक्ष पियाले क्लवले रुपन्देहीमा मात्रै हाल सम्म १० करोड भन्दा बढी रकम सामाजिक क्षेत्रमा सहयोय गरेको बताउछन् ।
अब यश क्षेत्रमा रगत संकलन गर्न सजिलो हुने र यो एम्बुलेन्स घुम्ति सेवाका रूपमा लुम्बिनी प्रदेशका सबै जिल्लामा पुर्याइने नेपाल रेडक्रश सोसाईटी रुपन्देहीका अध्यक्ष दिपक क्षेत्री न्यौपाने बताउछन् ।
क्लवका पुर्व अध्यक्ष डिल्लि कुमार श्रेष्ठको पालामा अघि बढेको यो प्रोजेक्टले बोनिन पियाको पालामा पूरा भएको छ । क्लवका अध्यक्ष पियाले आफ्नो कार्यकालको अन्तिम दिन गत शुक्रवार यो एम्बुलेन्स रेडक्रसलाई हस्तान्तरण गरेका हुन ।
रक्त संकलन एम्बुलेन्सका लागि प्रोजेक्ट तयार पार्ने कामको मुख्य भूमिका क्लवका पुर्व अध्यक्ष राजेन्द्र लम्सालले गरेका हुन । रोटरीयनहरुले आफ्नो पैसा खर्च गरेर सामाजिक क्षेत्रमा लगानी गर्दै आएको जानकारी दिंदै उनले यसका लागि रोटरी इन्टरनेशनल अन्तरगतको रोटरी फाउन्डेशनबाट पनि ठूलो सहयोग प्राप्त भैरहेको जानकारी दिए
