काठमाडौं । एसीसी यू१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ ।नेपाल मलेसियामा चलिरहेको क्रिकेट बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१।३ ओभरमा ८७ रनमा अलआउट भयो । सिंगापुरको इनिङ्स कमजोर बनाउन नेपालका सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । कृतिक कामतले सर्बाधिक ३ विकेट लिए । उनले २.३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए । कप्तान अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेनले १र१ विकेट लिए ।
सिंगापुरका ओपनर श्रेयन च्यायु २ रनमा आउट भएपछि आएका रहील थाक्करले अर्का ओपनर रोशन रविचन्द्रनसंग मिलेर ४३ रनको साझेदारी गरे ।
