हर्क साम्पाङले राख्न लगाएको सीमा प्रारम्भको बोर्ड मेयर हेकमर्ण पौडेलले हटाउन लगाए

विराटनगर । कोशी राजमार्गको पानीपिया क्षेत्रमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राख्न लगाएको सीमा प्रारम्भको बोर्ड इटहरी उपपमहानगरपालिकाका मेयर हेकमर्ण पौडेलले  सोमबार हटाउन लगाएका छन् ।

दोस्रो पटक साम्पाङले नगर प्रहरीमार्फत ‘धरान उपमहानगरपालिका सीमा प्रारम्भ’ बोर्ड राख्न लगाएका थिए । लगत्तै इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले नगर प्रहरी पठाएर बोर्ड हटाउन लगाएका हुन् ।

धरान इटहरीबीचको सीमा विवाद नयाँ भने होइन ।  दुई नगरबीचको सीमा क्षेत्र सेउती खोलाको पुललाई मानिन्छ । तर नयाँ जनप्रतिनिधि आएपछि दुई पालिकाबीचको सीमा विवाद सुरु भएको हो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->