माग सुनुवाइ नभएको भन्दै सहकारी पिडितहरू आक्रोसित,तोसिमा कार्कीको ऐक्यबद्धता

काठमाडौ  । सहकारी संस्था बाट आफ्नो बचत गरेको रकम फिर्ता नपाएको भन्दै काठमाडौ माइतीघर मण्डलामा बसेर आन्दोलन गरिरहेका सहकारी पिडितहरू धर्ना बसेकाे एक महिना पुग्दै गर्दा राजनीति दलका नेता तथा सांसदहरूकाे सहयोग र समर्थन गर्ने क्रम बढेर गएको छ ।

सहकारी पिडितहरूले गरेको धर्नामा सरकारले कुनै सुनुवाइ नगरेको भनी आवाज उठाइ रहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर ताेसिमा कार्की सहकारी पिडित महासंघ संघर्ष समितिले आयोजना गरेको कार्यक्रममा पुगेर आन्दोलन प्रति ऐक्यबद्धता जनाउदै पिडितहरू सहकारीको कारणले डिप्रेसनमा पुगेको सहकारीको कारणले पिडितहरू आत्महत्या गर्ने अवस्थामा पुगेको हुदा छिटोभन्दा छिटो समस्या समाधान गर्न आफुले भुमिका खेल्ने बताए ।

सरकारले मनपरि ढंगले सहकारी संस्था खाेल्न लाई अनुमति दिने तर त्यसको अनुगमन र नियमन नगरेको कारणले आज सहकारी संस्थामा समस्या आएको बताए । सरकारले सहकारी पिडितहरूकाे समस्या हेर्न नसक्नु बिदम्वनाकाे बिषय भएको हुदा यसमा गम्भीर भएर समस्या समाधान गर्न लाग्नुपर्ने सहकारी नीति र विधि भन्दा बाहिरी गएको हुनाले समस्या आएको सांसद कार्कीले बताए ।

सरकारले कडा कदम चाल्न नसक्दा दिनहु सहकारी संस्थाहरू बचत रकम अबचलन गरेर फरार हुने क्रम पनि बढेर जान थालेको सांसद कार्कीले बताए ।आफुले सहकारी पिडितहरूकाे समस्या बारे संसदमा आवाज उठाउने सरकारलाई सहकारी मन्त्रीलाई भेटेर पिडितकाे आवाज सुनाउने कार्कीले प्रतिबद्धता जनाएका थिए ।

सहकारी पिडितहरूले संघर्ष समिति बनाएर माइतीघर मण्डलामा १ महिनादेखि आन्दोलन गरेपनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही अघि मण्डलामा आएर यहाँ भइरहेको आन्दोलन बारे जानकारी नभएको भनी एकजना सहकारी पिडित महिला संग ब्यक्तिगत कुराकानी गरेर फर्किएका थिए ।

रविले सहकारी बाट आफ्नाे कान्छी श्रीमती निकिता पाैडेलले सहकारीकाे ५ करोड हिनामिना नगरेको दाबी गर्दै फर्किएका थिए । सहकारी बचत पिडितहरू एक महिनादेखि धर्नामा बस्दा समेत सरकारले कुनै सुनुवाइ नगरेको हुदा आफुहरू अझै पिडित बनेको धारणा राखेका छन् । माइतीघर मण्डलामा जेठ २० गतेदेखि देशभरका सहकारी पिडितहरू २४ घण्टे धर्नामा बसेर आन्दोलन गरिरहेका छन् ।

काठमाडौकाे नाम चलेको आ‌ेरेन्टेल सहकारी ,देउराली सहकारी ,कान्तिपुर सहकारी ,शिवशिखर बहुउद्देश्यीय सहकारी ,इमेज बचत तथा ऋण सहकारी संस्था लगायत ३ दर्जन भन्दाबढी सहकारी पिडित सदस्यहरू आफ्नो जम्मा भएको बचत फिर्ता गराउन माग गर्दै धर्नामा बसेका छन् । बागलुङ ढाेरपाटन नगरपालिकाका मेयर अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपाली हजारौं सहकारी सदस्यकाे दुई अरब भन्दाबढि रकम अबचलन गरेर जेठ ५ गतेदेखि फरार हुदा समेत सरकारले नेपालीको खाेजबिन गरेका छैनन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->