अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ गोवनपानी स्थित पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको वडाअध्यक्ष कमल प्रसाद पोखरेलले जानकारी दिए ।

आज (मंगलवार)बिहान करिब ५ बजेतिर आएको पहिरोले घर पुरेको थियो ।

घटनास्थलबाट तीन वटा शव निकालिएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->