काठमाडौं । काम गर्न सुरक्षा नभएको भन्दै जिल्ला अदालत ललितपुरका न्यायाधीश र कर्मचारीहरु सबै सर्वोच्च अदालत पुगेका छन् ।
न्यायाधीश र कर्मचारी अदालत छाडेर गएपछि ललितपुर जिल्ला अदालतमा मंगलबारका सबै मुद्दाको सुनुवाई प्रभावित भएको छ ।
अहिले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसँग उनीहरुले छलफल गरिरहेका छन् ।
कानून व्यवसायीहरुलाई झुटो मुद्दामा फसाइएको भन्दै नेपाल बार एसोसिएसनले पनि आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
जिल्ला अदालत ललितपुरकी नायब सुब्बा प्रेमिका तामाङलाई अधिवक्ता अमिर लामिछानेले कुटपिट गरेको घटनालाई लिएर कर्मचारी र कानुनी व्यवसायी आआफ्नै ढंगले आन्दोलनमा उत्रिएका छन् ।
