साउन १९ गते फिल्म ‘अदृश्य’ रिलिज हुने

काठमाडौं । साउन १९ गते रिलिज हुने फिल्म ‘अदृश्य’मा प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको शीर्ष भूमिका रहेको फिल्म रिलिज हुने भएको छ । निर्माताले प्रमुख कलाकारलाई समेट्दै नयाँ पोस्टर सार्वजनिक गरेका छन् जसमा प्रदर्शन मिति उल्लेख छ ।

झट्ट हेर्दा दक्षिण भारतीय फिल्म ‘केजीएफ’को जस्तै रङ संयोजनमा तयार पारिएको यो फिल्मको पोस्टरमा कलाकारलाई चरित्रमा प्रस्तुत गरिएको छ । अग्रहरिको यो कमब्याक फिल्म समेत हो । उनको पछिल्लो फिल्म ‘एक’ २०७८ सालमा रिलिज भएको थियो ।

‘अदृश्य’को पोस्टरमा उनी ग्याङस्टर लुक्समा देखिएका छन् । एक्सन र थ्रिलर जनरामा राखिएको अदृश्य सोहित र रिस्ताको लागि पनि महत्वपूर्ण छ । २०७६ सालमा रिलिज भएको ‘पोइ पर्‍यो काले’पछि सोहितको पनि यो कमब्याक फिल्म हो । रिस्ताको पछिल्लो फिल्म ‘पासो’ थियो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->