चीनले  पश्चिमासँग लड्न भन्दै लागू गर्‍यो नयाँ विदेश नीति

काठमाडौं । जुलाइदेखि चीनले नयाँ विदेश नीति लागु गरेको छ । पश्चिमाको एकपक्षीय प्रतिबन्धविरूद्ध जुध्न तथा नयाँ सामरिक चुनौती सामानाका लागि भन्दै चीनले संसदबाट नयाँ विदेश नीति पारित गरेको हो ।

चीनको संसद नेशनल पिपल्स अफ कंग्रेसले डिसेम्बर २०२२ मा नयाँ विदेश नीतिको मस्यौदा तयार गरेको थियो । उक्त मस्यौदामाथि विधायिकी मामिला आयोग, चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी कमिटी, पार्टीको सल्लाहकार कमिटी र विज्ञमाझ छलफल गराएर पारित गरिएको हो ।

नयाँ विदेश नीतिका ६ भाग रहेका छन् । ग्लोबल टाइम्सका अनुसार पहिलोमा चिनियाँ विदेश नीतिको आधारभूत सिद्धान्त छ ।

दोस्रोमा कुटनीतिक सम्बन्धका लागि विशेष प्रावधानहरू समावेश छन् । तेस्रो भागमा कुटनीतिक सम्बन्ध विकासका उद्देश्य र कार्यहरू समावेश छन् । चौथो भागमा विदेश नीति सम्बन्धमा कानुनी प्रावधान छन् ।

पाचौँमा वैदेशिक सम्बन्ध विस्तारमा क्षमता विस्तारको प्रावधान छ । छैठौँमा निष्कर्ष खण्ड रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->