काठमाडौं । बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । यसैगरी १३ वटा सडक एकतर्फी सन्चालनमा छन् ।
मेची राजमार्ग अन्तर्गतको केचना,चन्द्रगढी,चारआली,इलाम,फिदिम,गणेशचोक,ताप्लेजुङ,ओलाङचुङ्गोला खण्ड अवरुद्ध रहेको विभागले जनाएको छ । पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् ।
यसैगरी तमोर करिडोर अन्तर्गत चतरा,मूलघाट,माझीटार,अमरापुरडाँडा,गणेश चोक खण्ड पनि अवरुद्ध छ ।
यस्तै कोशी राजमार्ग अन्तर्गत रानी,विराटनगर,इटहरी,धरान,धनकुटा,हिले, लेघुवाघाट,तुम्लिङटार,खाँदबारी,नुम,किमाथांका सडकखण्ड पनि अवरुद्ध रहेको विभागले जनाएको छ ।
एकतर्फी सन्चालनमा रहेका सडकहरुमा तानसेनरिडी,कोरला र डुम्रे,बेशीसहर,चामे सडक खण्ड एकतर्फी चालु छन् ।
