मनसुनी वायुको प्रभावका कारण १२ जिल्लमा नदीको बहाव बढ्ने, सर्तक रहन अग्रह

काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भूभागमा पानी परिरहेको छ। तीन घन्टा सप्तरीको राजविराज र आसपास भारी वर्षाको मापन भएको बाढी पूर्वानुमान् महाशाखाले जनाएको हो।

महाशाखाका अनुसार आज (बुधवार)कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती र यी नदीका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने सम्भावना छ ।

आज बिहानको मापन अनुसार यी नदीहरूको जलसतह सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको महाशाखाले जानकारी दिएको छ।

त्यस्तै पूर्वी राप्ती, बबई नदी र यसका सहायक नदीहरूको जलसतह सामान्य बढ्ने आकलन छ।

महाशाखाका अनुसार आज इलाम, झापा, पाँचथर, सिराहा, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, कैलाली, कञ्चनुपर, डडेलधुरा, बैतडी र आसपास भइ बहने केही ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम समेत रहेको छ।

त्यस्तै रसुव, काभ्रेपलाञ्चोक, ललितपुर, नुवाकोट, गोरखा, लमजुङ, कास्की, पाल्पा, स्याङ्जा, डोटी र आसपास भइ बहने नदीहरूमा पनि बहाब बढ्न सक्ने महाशाखाले जनाएको छ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->