काठमाडौं । सरोज खनालको डेब्यु निर्देशन रहेको सोसल ड्रामा फिल्म ‘बगान’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरियो । तीन मिनेट लामो ट्रेलरमा एकल महिलाको पुनर्विवाहको विषयवस्तु प्रस्तुत गरिएको छ ।
फिल्ममा करिश्मा मानन्धरले एकल महिलाको भूमिका निर्वाह गरेकी छन् । एकल महिलासँगको प्रेम गर्ने पात्रको भूमिकामा सरोजले अभिनय गरेका छन् । करिश्माकी छोरीको भूमिकामा प्रमिला कार्की देखिएकी छिन् ।
फिल्मलाई सुरेश वाग्लेले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा विनोद मानन्धर छन् । यो फिल्म असार २९ गते प्रदर्शनको तयारीमा छ ।
