धवन र जाह्नवी कपूर अभिनीत फिल्म ‘बवाल’ को टिजर सार्वजनिक

काठमाडौँ  । बलिउड अभिनेता वरूण धवन र जाह्नवी कपूर अभिनीत फिल्म ‘बवाल’ को टिजर सार्वजनिक गरिएको छ।

बुधबार प्राइम भिडिओ इन्डिया युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। वरूणले फिल्ममा  अजयको भूमिका निर्वाह गरेका छन् भने जाह्नवीले निशाको भूमिका निर्वाह गरेकी छन्।

नितेश तिवारीले निर्देशन गरेको फिल्ममा वरूण र जाह्नवीसँगै पार्थ सिद्धपुरा, गुञ्जन जोशी, सतेन्द्र सोनीलगायत कलाकारको अभिनय छ। वरूण र जाह्नवीले पहिलो पटक एकसाथ फिल्ममा काम गरेका हुन्। फिल्ममा साजिद नाडियाडवालाको लगानी रहेको छ।

यो फिल्म २१ जुलाईमा अमेजन प्राइम भिडिओमा प्रदर्शन हुनेछ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->