बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म एनिमलु को नयाँ प्रदर्शन मिति तय गरिएको छ।
बलिउड फिल्म विश्लेषक तरण आदर्शले सामाजिक सञ्जालमार्फत नयाँ प्रदर्शन मिति सार्वजनिक गरेका हुन्। यो फिल्म डिसेम्बर १ अर्थात मंसिर १५ गतेदेखि प्रदर्शन हुनेछ।
यसअघि अगस्ट ११ मा प्रदर्शन हुने भनिएको थियो। ११ अगस्टमा सनी देओल र अमीषा पटेलको फिल्म ‘गदर २’ र अक्षय कुमारको फिल्म ‘ओ माई गड २’ प्रदर्शन हुँदैछ। एकैदिन ३ ठूला फिल्म रिलिज हुने भएपछि ‘एनिमल’ को रिलिज डेट सारिएको हो।
सन्दीप रेड्डी वांगाले निर्देशन गरेको फिल्म ‘एनिमल’ मा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ।
