काठमाडौँ। प्रहरीले यो प्रकरणमा मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४, ५ र ६ बमोजिम सजाय मागदाबी गर्न सुझाएको छ ।
प्रोमो कोड प्रयोग गरेर वानएक्स बेट प्लेटफर्मको गैरकानुनी ढंगमा प्रचारप्रसार गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले सट्टेबाजी गर्ने कम्पनीबाट पैसा समेत लिने गरेको प्रहरीले जनाएको थियो ।
गत जेठ ३२ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), पवन खतिवडा (म्याकुरी), राजु पौडेल (राजु मास्टर), सरोज घिमिरे (ढेडो बुढो), बेगम नेपाली (भटभटे माइला) तथा युट्युबरहरु एलिश राई, जलन घर्तीमगर ‘जलन’ र गणेश देवकोटा ९जीडी०लाई पक्राउ गरेको थियो ।
