काठमाडौं । विश्वमै सर्वाधिक कमाउने मनोरञ्जनकर्ता हुन् गायिका टेलर स्वीफ्ट । उनको इरास टुर विश्व इतिहासमै सर्वाधिक कमाउने कन्सर्ट पनि बन्दैछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कन्सर्ट सुरु हुनुअघि नै यो टुरले एक बिलियन अमेरिकी डलर कमाएको छ ।
पपस्टारको एक रिपोर्टअनुसार स्वीफ्टको यो इरास टुर इतिहासमै पहिलोपटक बिलियन डलर कमाउने कन्सर्ट समेत बनेको छ । यो कमाइ कन्सर्टको पहिलो कीर्तिमानी कमाइ भएको जनाइएको छ ।
वालस्ट्रिट जर्नलका अनुसार कुल ४० गीतलाई समेटेर हुन लागेको इरास टुरले कमाइमा यसअघि गायक एल्टन जोनको बिदाइका लागि आयोजित फेयरवेल कन्सर्टको कमाइलाई समेत उछिन्ने पक्का छ ।
गत डिसेम्बरमा बिलबोर्डले स्वीफ्टको ५२ वटा कन्सर्टबाट ५९० मिलियन डलर कमाइ हुने प्रक्षेपण गरेको थियो । यो हिसाबअनुसार कन्सर्टको अहिलेसम्मको कुल कमाइ एक बिलियन डलर नाघेको जनाइएको छ ।
एजेन्सी पोलस्टारका अनुसार कुल कमाइ १.४ बिलियन डलर पुग्न सक्छ ।
