रविन तामाङ व्यक्ति एक, परिचय अनेक

काठमाडौं । रविन तामाङ निर्विवाद उनी नेपाली ‘रकस्टार’ हुन् । नेता, कलाकारदेखि सर्वसाधारणसम्मले उनको निधनलाई ‘एक युगको अन्त्य’ भएको बताइरहेका छन् ।  विभिन्न गायक गायिकाहरु विच अरुण थापा, दीप श्रेष्ठ, सञ्जीव प्रधान, सञ्जय श्रेष्ठ, हरिश माथेमा, नेपथ्य, कन्दरा, १९७४ एडी, नवीन के भट्टराईको संगीतमा अभ्यस्त भएको त्यो पुस्तामाझ रविन तामाङको गायकी एक ‘इभोलुसन’ थियो ।

२०४६ सालमा प्रजातन्त्रसँगै आर्थिक उदारीकरण सुरु भएपछि यसको प्रभाव ‘डिस्कोग्राफी’मा पनि देखियो । रविन एण्ड द लुजाले खनेको गोरेटोमा मुक्ति एण्ड रिभाइभल, कबवेभजस्ता अन्य रक ब्याण्ड पनि थपिए ।

यो अग्लो कद, अंग्रेजी भाषामा दख्खल र आधुनिकतालाई पछ्याउने रविनको त्यो स्वभाव धेरै युवाका लागि प्रेरणा बन्यो, बनिरहन्छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->