जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकाका लेखापाल र कार्यालय सहयोगीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक लाख २५ हजार रुपैयाँ घुससहित आज पक्राउ गरेको छ ।
अख्तियारका अनुसार लेखापाल रोशनकुमार राउत र कार्यालय सहयोगी चरिन यादव पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीहरुलाई सेवाग्रहीसँग एक लाख २५ हजार रुपैँया घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको हो । कोभिडको जनचेतनामूलक कार्यक्रमको भुक्तानीका लागि उक्त घुस मागिएको अख्तियारले जनाएको छ ।
