लुम्बिनी प्रदेशको २०८०/८१ को बजेट बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेश सरकाले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको बुधबार बसेको बैठकले १ असारमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले पेश गरेको बजेट बहुमतले पारित गरेको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ८९ लाख ९७ हजार रुपैयाँको बजेट ल्याएको थियो । बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै बुधबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई समृद्धि र आत्मनिर्भर गराउने बजेट आएको बताए ।

बजेटमा असहमति जनाउदै प्रमुख प्रतिपक्ष दल एमालेले सदन अवरुद्ध गरेर बजेटमाथिको छलफलमै सहभागी भएको थिएन । एमालेकै नाराबाजी र बहिस्कारका बीच बजेटमाथि छलपल अघि बढाइएको गियो । मंगलबार बेलुका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसंग भएको वार्तापछि एमालेले प्रदेशसभा बैठक चल्न दिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->